पेट्रोलियम व्यवसायीद्वारा फेरि आन्दोलन घोषणा

प्रकाशित समय 6:14:00 PM
काठमाडौं, २५ साउन । इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गर्दै पेट्रोलियम व्यवसायीले आन्दोलनको घोषणा गरेका छन् । यसअघि पनि आन्दोलन घोषणा गरेर  फिर्ता लिएको व्यवसायीले समस्या समाधान गर्न आयल निमग सञ्चालक समिति उदासिन भएको आरोप लगाउँदै बुधबार पुनः आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले बुधबार पत्रकार सम्मेलन गर्दै भोलि साउन २६ गतेदेखि पेट्रोलियम पदार्थ डिपोबाट खरिद नगर्ने उक्त दबाबमा पनि सरकारले माग पूरा नगरे २९ गते पेट्रोल र डिजेल दुवै खरिद नगर्ने जनाएको छ ।  २९ गतेको दबाबमूलक कार्यक्रमले पनि माग पूरा नभए ३१ गते कुनै पनि पम्पबाट पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्ने जनाएको छ । निगमले व्यवसायीको माग असार मसान्तभित्र समस्या समाधान गरिदिने प्रतिबद्धता जनाएको थियो  ।
व्यवसायीले ४ हजार लिटर पेट्रोल ढुवानी गर्दा करिब ८५ लिटर प्राविधिक नोक्सानी हुने, नोक्सानीको भरपाई निगमले गर्नुपर्ने दबाब दिँदै आएका छन् । हाल निगमले ४ हजार लिटरमा ३५ लिटर नोक्सानी दिँदै आएको छ । यस्तै डिजेलमा ६० लिटर (४ हजार लिटर ढुवानी गर्दा) पु¥याउनुपर्ने दबाब पनि व्यवसायीहरूको रहेको छ । निगमले करिब २४ लिटर क्षति हुने अनुमान गरी मूल्य समायोजन गर्दै आएको छ । जानकारहरूका अनुसार प्राविधिक नोक्सानीको क्षतिपूर्तिसँगै ट्यांकरहरूको सुधार पनि आवश्यक छ । ट्यांकरमा लकिङ प्रणाली जरुरी हुन्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »