गाउँमै जनतासँग अदालत

प्रकाशित समय 7:49:00 PM
कमलेश यादब
गोलबजार, ८ भदौ । मानवअधिकार संचार प्रतिष्ठान नेपाल (इह्रिकन)ले आयोजना गरेको महिला तथा बालिकको न्यायमा पहुँच पु¥याउनका लागि
‘जनतासँग अदालत कार्यक्रम‘मा प्रमुख न्यायधिस अमृत बहादुर वस्नेत र स्थानीय जनताहरुको प्रत्यक्ष रुपमा अन्तरक्रिया भएका छन् । यसरी कार्यक्रममा सिरहाको सितापुरका जनताहरुको गाउँमै अदालत पुगेपछि उनीहरुले अदालत सम्बन्धीका समस्याहरुको वारेमा प्रमुख न्यायधिसलाई जानकारी गराएका छन् ।
कार्यक्रममा सहभागी स्थानीय जनताहरुले अदालतमा गएका मुद्दाहरु फैसला हुनमा समय धेरै लाग्ने तथा महगो भएको सुनाएका थिए । अदालतबाट फैसला भइसकेका मुद्दाहरु कार्यावन्यन हुन नसकिरहेको बताएका थिए । यस्तै, सहभागी धनगढीमाई नगरपालिका ६ कि कुसमा देवी यादवले, ‘आफुमाथि गाउँमा जर्वजस्ती बोक्सीको आरोप लगाएर कुटपिट गरेको सुनाएका थिए ।‘
कार्यक्रमा सम्बोधन गर्दै प्रमुख न्यायधिस वस्नेतले, अदालतमा मुद्दाका लागि महगो नभएका भने, मुद्दामा अदालतले लिने शुल्कको रसिद दिन्छ । त्यो भन्दा वाहिरको खर्च मुद्दामै जोडन मिल्दैन् । अब अदालत सजिलो भएको छ । उनका अनुसार, मुद्दा दर्ता भएकै दिन हामीले कति दिनमा फैसला हुन्छ भने सुनाई दिन्छौँ । अदालतमा दर्ता भएका मुद्दाहरु फैसला हुनका लागि बढीमा १८ महिना लाग्न गर्ने उनले बताए ।
कुनै घटना हुँदा न्यायका लागि कुन निकायमा जाने विषयमा सबैले बुझनु पर्ने जरुरी रहेको उनले सुनाए । मानिसलाई सजाय दिएर हुदैन, मानसिक धारणामा परिवर्तन ल्याउनु पर्ने उलने बताए । सानो–सानो विवादमा पनि मुद्दा गरिहाल्ने प्रवृति बढेको उनले सुनाए । जिल्ला अदालत सिरहामा दर्ता भएका मुद्दाहरुमा सबै भन्दा बढी अंश र सम्बन्धविच्छेदको मुद्दा रहेको उनले जानकारी गराए ।
मानवअधिकार संचार प्रतिष्ठानले सितापुरमा विगत डेढ वर्षदेखि न्यायमा पहुँच परियोजना संचालन गरेका छन् । त्यसका लागि गाउँ स्तरमा ‘न्यायमा पहुँच संजाल‘ गठन गरेका हुन् । उक्त संजालमा ४० प्रतिशत पुरुष र ६० प्रतिशत महिलालाई सहभागी गराएका छन् । संजालले गाउँमा भएका विवादहरुले मिलाउने र सहजीकरण गर्ने कार्य गरिरहेको संजालकी अध्यक्ष अनिता साहले बताईन् । संजाल मार्फत अहिले सम्ममा ३४ वटा विवादलाई गाउँमै छलफलबाट समाधान गरेको अध्यक्ष साहले सुनाईन् । गाउँमै मिल्ने विवादहरु यही मिलाउने र नमिल्नेलाई प्रहरी÷प्रशासन पठाउनलाई सहजीकरण गरिरहेको उनले भनिन् ।
जनतासँग अदालत कार्यक्रममा जिल्ला अदालतका रजिष्टार विनोद खतिवडा, इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिरा बहादुर पाण्डे, मानवअधिकारकर्मीहरु दुर्गा महतो, रेणु कर्ण तथा संचारकर्मी लगायत सय भन्दा बढी स्थानीय जनताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहजीकरण इह्रिकन सिरहाका गंगा अधिकारीले गरेकी थिइन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »