घुसकाण्डमा सचिव देव रंगेहात पक्राउ

प्रकाशित समय 6:14:00 PM
राजविराज, १९साउन ।  सप्तरीको इटहरी विष्णुपुर गाउँपालिकाका वडा सचिव संजयकुमार देव सेवाग्राहीसँग घुस लिँदालिदै रंगेहात पक्राउ परेका छन् ।
बिहीबार सप्तरी सदरमुकाम राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंक नजिकै सेवाग्राहीसँग ५३ हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार टोलीद्वारा देव पक्राउ परेका हुन् । गाउँपालिकामा उपभोक्ता समिति मार्फत गरिएको २ लाख ६८ हजारको सडक ग्राभेल काम सम्पन्न भएपछि भुक्तानी गराउन वडा सचिव देवले ५३ हजार रुपैयाँ घुस मागेका थिए ।सो वारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ईटहरी स्थित पूर्वाञ्च क्षेत्रीय सम्पर्क कार्यालयमा उजुरी परेको थियो । अख्तियारका डिएसपी रमेश बस्नेतको नेतृत्वमा खटिएको टोलीले स्थानीय राष्ट्रिय वाणिज्य बैंक नजिकै ५३ हजार रुपैयाँ घुस लिँदालिँदै देवलाई पक्राउ गरेको थियो ।
देव सो गाउँपालिकाको वडा नं. १, ४ र ५ को सचिव पदको जिम्मेवारी सम्हालेका थिए । पक्राउ परेका देवलाई घुसवापत लिएको रकम सहित आवश्यक कार्वाहीका लागि ईटहरी स्थित सम्पर्क कार्यालय लगिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »