बाल बिकास केन्द्रका शिक्षिकाहरुका लागि तिन दिने परामर्श तालिम लहानमा

प्रकाशित समय 4:22:00 PM
रोहित कुमार मण्डल
लहान, १३ भदौ । बाल बालिकालाई पिटेर होइन हसाएर तथा माया मम्ता तथा बालबालिकाको भावनाको कदर गर्दै शिक्षण सिकाई गरिनु पर्ने मान्यतालाई आतम्सात गर्दै  “बाल केन्द्रित शिक्षण आजको आवश्यतmा” मुल नाराका साथ सिरहाको लहान स्थित रहेको श्रीराम गेष्ट हाउसमा सप्तरीको कुशहा श्रोत केन्द्रका सामुदायिक बिधालयका बाल बिकास केन्द्रका सहयोगि कार्यकर्ता शिक्षिकाहरुका तिन दिने मनोसमाजिक परामर्श सम्बन्धि तिन दिने तालिम सोमबारदेखि सुरु भएको छ ।
सोमबारदेखि सुरु भएको  सो तिन दिने  मनोसमाजिक परामर्श तालिमको सहजिकरण भिम बहादुर सिनाल तथा निर बहादुर आलेले संयुतm रुपमा गरिरहेका छन् । स्पोन्सरशिप कार्यक्रम अन्तर्गत सबल नेपालको आयोजना र सेभ द चिल्ड्रेनको सहयोग र जिल्ला शिक्षा कार्यालय राजबिराज सप्तरीको समन्वयमा सुरु भएको उतm तिन दिने तालिममा सप्तरी जिल्लाका २९ वटा बिधालयका २९ जना बाल बिकास केन्द्रका सहयोगि कार्यकर्ता शिक्षिकाहरु सहभागिता रहेको आयोजक संस्थाका तालिमको सहजकर्ता तथा आयोजक संस्थाका फिल्ड अधिकृत निर बहादुर आलेले जानकारी दिनुभयो ।
सामुदायिक बिद्यालयहरुका बाल बिकास केन्द्रका सहयोगि कार्यकर्ता शिक्षिकाहरुका लागि कक्षा कोठामा बाल मनोवैज्ञानिक तरिकाले शिक्षण सिकाइृ गरिनु पर्ने तथा शिक्षण क्रियाकलापमा सुधार तथा विधार्थीहरुको सिकाई उपल्बधिमा बृद्धिका ल्याउने तालिमको प्रमुख उदेश्य रहेको अधिकृत निर बहादुर आलेले जानकारी दिनुभयो । तालिम बुधबार सम्म चल्लने अयोजक संस्थाले जनाएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »