प्रहरीको गस्तीमा रहेको भ्यानमा विस्फोट, सबै सकुशल

प्रकाशित समय 5:56:00 PM
गोलबजार,२२ साउन । सप्तरीको कडरबोनास्थित इलाका प्रहरी कार्यालयबाट नियमित गस्तीमा रहेको भ्यानमा विस्फोट गराइएको छ ।
सुरुंगा नगर पालिका ६ श्रीपुरमा इलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रप्रसाद यादवको कमाण्डमा १२ जना प्रहरी चढेको प्रहरीको भ्यानमा शनिबार राति अज्ञात समूहले विस्फोट गराएको हो । विस्फोटका कारण गाडीमा क्षति पुगे पनि सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । विस्फोटबाट बा.१ झ ७३९२ नम्बरको प्रहरीको भ्यानको अगाडिको सिसा चर्किएको छ भने हेडलाइटको सिसा फुटेको छ । विस्फोटमा भ्यानको बायाँ भागको झ्यालको सिसा फुट्नुका साथै चालकको बायाँ भागमा गियर बक्स छेउमा प्वाल परेको छ ।

इलाका प्रहरी कार्यालयबाट दुई किलोमिटर उत्तर–पश्चिमतर्फ रहेको श्रीपुर गाउँमा भएको विस्फोटको जिम्मेवारी प्रगतिशील तराई मुक्ति मोर्चाले लिएको जनाइएको छ। साउन ४ गते प्रेस विज्ञप्तिमार्फत् अस्तित्वमा आएको मोर्चाका मोर्चाका संयोजक सिजनले प्रहरीको भ्यानमा शनिबार राति बम विष्फोट आफूहरुले गराएको दावी गरेको भए पनि कारण भने उल्लेख गरेको छैन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »