सदरमुकामसँग सम्पर्कविच्छेद

प्रकाशित समय 7:52:00 PM
सिरहा, २ भदौ । चार दिनयता परेको अविरल वर्षाका कारण भगवानपुर–सिरहा हुलाकी मार्ग अवरुद्ध भएको छ । हुलाकी मार्गको गम्हरीया, गागन खोला क्षेत्रलगायत विभिन्न ठाउँमा सडक भत्किँदा सवारी आउजाउमा समस्या भएको हो । यातायात अवरुद्ध हुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको छ भने सदरमुकाम सिरहा बजारसँगको सम्पर्क पनि विच्छेद भएको छ ।
भारतीय सीमावर्ती पूर्वी सिरहाका सुदूर गाउँ गम्हरिया, भगवानपुर, इनरुवा, ठाडीलगायत दुई दर्जनभन्दा बढी गाउँवासीलाई सदरमुकाम जोड्ने एक मात्र सडक हुलाकी मार्ग थियो । बाढीले त्यसमा क्षति पु¥याएपछि सदरमुकामसँग ती गाउँको सम्पर्क टुटेको हो ।
हुलाकी मार्ग सुचारु हुँदा पूर्वी सिरहाको भगवानपुरदेखि सदरमुकाम पुग्न स्थानीयले २७ किलोमिटर दूरी मात्र तय गर्नुपथ्र्यो । ‘हुलाकी मार्ग आधा दर्जनभन्दा बढी स्थानमा बाढीले क्षति पु¥याउँदा ५ दिनदेखि सदरमुकामसँग सम्पर्क्विच्छेदमा छौं,’ भगवानपुर गाउँपालिका १ का वसन्त झाले भने, ‘सदरमुकामसँग कति दिन सम्पर्क टुट्ने हो यसै भन्न सकिने अवस्था छैन, सबै बाटो मर्मत नभएसम्म यातायात सुचारु हुने छाँट देखिन्न ।’
हुलाकी मार्गमा आधा दर्जन यात्रुबाहक बस चल्दै आएका थिए । यता, अविरल वर्षाले सिरहाको जिरोमाइल–बरियारपट्टी खण्डका २ स्थानमा बाटो भत्किएपछि पाँच दिनदेखि यातायात अवरुद्ध भएको हो । अविरल वर्षापछि आएको बाढीले सुखीपुरनजिकको ह्युमपाइपसहित सडक बगाउँदा आउजाउ बन्द भएको हो । जिरोमाइल–बरियारपट्टी खण्डमा ६ वटाभन्दा बढी यात्रुबाहक बस सञ्चालन हुँदै आएको थियो ।सिरहा–कल्याणपुर–मिर्चैया, मल्हनिया–सिक्रोन सडक, जानकी खोक्सीनगरलगायत ग्रामीण सडक भत्किएका कारण यातायात अवरुद्ध छन् । सगरमाथा बस व्यवसायी संघ सिरहाका वरिष्ठ उपाध्यक्ष अरुण महतोले हुलाकी मार्गसहित जिरोमाइल–बरियारपट्टी खण्डका ग्रामीण सडकमा वर्षाले क्षति पुगेपछि जिल्लाभरका यातायात सेवा अवरुद्ध भएको बताए । उनका अनुसार ती सडकमा संघमार्फत दर्जनभन्दा बढी यात्रुबाहक बस चलाइएको थियो । ‘वर्षाको बाढीले हुलाकी मार्गलगायत ग्रामीण सडकमा धेरै क्षति पुगेको छ,’ उनले भने, ‘सडक मर्मत हुन महिनौं लाग्ने भएकाले सेवा सुचारु हुने सम्भावना पनि कम छ ।’उता, अविरल बर्षाका कारण खुट्टी, सर्रे, बेतहा र झिरहरी खोलाको सतह बढेपछि सिरहाको उत्तरवर्ती चुरे क्षेत्रका बरदमार, आरिदमार, भसुवा, भमरे, मड्यान, महाजनी, अम्बास, हातिमुडा, चकमकेलगायत तीन दर्जन गाउँ सदरमुकाम र बजारको सम्पर्कबाट टाढिएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »