भ्यानको ठक्करबाट घाइते युवकको मृत्यु

प्रकाशित समय 7:57:00 PM
राम नारायण पंडित
सिरहा, २ भदौ । सिरहाको कर्जन्हा गाउपालिका २ भुल्कियामा भ्यानको  ठक्करबाट घाइते भएका युबकको उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार विहान पुर्बपश्चिम लोकमार्ग अन्तर्गत कर्जन्हा गाउपालिका–२ भुल्कियामा पश्चिमबाट पुर्ब जादै गरेको सडक डिभिजन कार्यालय लहानको बा २ ज २९६६ नम्बरको टोयटा भ्यान र सोेहि दिशाबाट आइरहेको ज ८ प १२६८ नम्बरको मोटरसाइकले भ्यानमा ठक्कर खाँदा मोटरसाइकलमा सवार धनुषा ननुपटि ७ बस्ने अन्दाजी ३० बर्षीय नबिब राइन गम्भिर घाइते भएको थियो । घाइते राइनको उपचारको क्रममा नोबेल हस्पिटल बिराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए । यता, ठक्कर दिने भ्यान र चालक प्रहरीे नियन्त्रणमा रहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »