लागूऔषध र भन्सार छलेको सामानसहित चार पक्राउ

प्रकाशित समय 6:26:00 PM
मोरङ,२०साउन । मोरङको बिराटनगर महानगरपालिका ८ जलजला चौकबाट शुक्रबार बिहान लागूऔषधसहित दुई तथा रानी एरियाबाट करिब सवा लाख मूल्य बराबरको भन्सार छलेको सामानसहित दुई जना पक्राउ परेका छन । लागूऔषधसहित पक्राउ पर्नेमा सुनसरी बराह नगरपालिका २ बयरबन बस्ने बर्ष ३३ को बिगम राई र बर्ष २१ को मिलन तामाङ रहेका छन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको गाडी मोबाइलको गस्ती टोलीले लागूऔषध लुपिजेसिक १५ पिस, एभिल १५ पिस, डाईजोल्याब १५ थान र स्पास्मोप्रोक्सिभन ट्याब्लेट २ सय ८५ पिस सहित पक्राउ गरेको हो ।
दुबैलाई अनुसन्धानकालागी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यसैगरी विराटनगर १८ कटुक्पा नहरबाट प्रहरीले १ लाख १२ हजार मूल्य बराबरको अवैध कपडासहित मोरङ जहदा गाउँपालिका बस्ने अमृत सरवरिया र रवि यादवलाई नियन्त्रणमा लिएको छ।ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले नहर छेउबाट भारतीय बिआर ३८ एफ ४९९७ नम्बरको मोटरसाइकलमा राखी भन्सार छलेर ल्याउदै गरेको अवस्थामा सो कपडा बरामद गरेको हो । बरामद सामानसहित मोटरसाइकलमा सवार दुबै जनालाई अनुसन्धान पश्चात भन्सार कार्यालयमा बुझाइने उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »