विराटनगरमा वर्षामापन केन्द्रै डुब्यो

प्रकाशित समय 7:16:00 PM
काठमाडौं, २८ साउन । विराटनगरमा वर्षा मापन केन्द्र नै डुबानमा परेको छ । एअरपोर्टस्थित् वर्षामापन केन्द्र नै डुबेका कारण उक्त क्षेत्रमा कति पानी परेको छ मापन गर्न सकिएको छैन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले वर्षामापन केन्द्र नै डुबेपछि वर्षा मापन गर्न नसकिएको बताए । ‘वर्षा मापन गर्नै सकिएको छैन,’ रिमालले शनिवार भने, ‘पूर्वमा भोलीदेखि वर्षा रोकिन्छ ।’
बिहीबार रातिदेखि शुक्रवार विहानसम्म विराटनगरमा ५७ मिलिमिटर वर्षा भएको थियो । रिमालले शुक्रवाररातीदेखि भारी वर्षा भएका कारण विराटनगरलगायत पूर्वी क्षेत्र डुबानमा परेको बताए ।
मनसूनी न्यून चापीय रेखा नेपालको पहाडी क्षेत्र अर्थात उत्तरतिर रहेकाले वर्षा बढी भएको रिमालको भनाई छ । ‘औसतभन्दा पनि बढी नै न्युनचापीय रेखा उत्तरतिर छ,’ उनले भने, ‘त्यही भएर ओभर मनसुनी वर्षा भएको छ ।’ आइतबारदेखि मध्य र पश्चिम भागमा बढी वर्षा हुने मौसमविद्हरुको अनुमान छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »