सातामा सात महिलाको चुल्ठो काटियो

प्रकाशित समय 6:11:00 PM
गोलबजार, १५ भदौ । एक साताभित्रै सिरहामा सात जना महिलाको चुल्ठो काटिएको घटना सार्वजनिक भएको छ । सिरहा सदरमुकाम, लहान, गोलबजार, मिर्चैया लगायतका ठाउँका सात जना महिलाको चुल्ठो काटिएको भेटिएको हो । ति मध्ये एक बालिकाको अदृष्य शक्तिले चुल्ठो काटिएको पीडित परिवारले जनाएका छन भने बाँकी सबै महिलाको चुल्ठो किराले काटेको पाइएको छ ।
किराले चुल्ठो काटेपछि महिलाहरु बेहोस् भएको र विभिन्न अस्पतालमा उपचार गराएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहाको मिर्चैया बजारमै एक महिलाको चुल्ठो काटिरहेका बेला ति महिलाले एउटा नौलो किरा समातेको थिइन् । जुन किरा कहिल्यै नदेखिएको स्थानीय बताउँछन् ।
किरालाई मिर्चैयाका यूवाहरुले प्लाष्टिकको डिब्बामा राखेका छन् । जुन किरालाई हेर्नेहरुको भिड लाग्ने गरेको छ । केही स्थानीयले भने प्रेतात्माका कारण चुल्ठो काटिएको विश्वास गर्दै डरले हरेक घरको प्रवेशद्वार, झ्याल र ढोकामा निमको पात राख्न थालेका छन् । साथै कागति, लसुन र खुर्सानीको माला उनेर दैलोमा झुण्ड्याएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »