उपमहानगरपालिकाका ईञ्जिनियर यादव निजि कनसलटेन्सी सञ्चालन गरेको खुलासा

प्रकाशित समय 7:17:00 PM
जनकपुर, २८ साउन । जनकपुर उपमहानगरपालिकाका प्रमुख ईञ्जिनियर विरेन्द्र यादव घरको नक्सा बनाउने कनसलटेन्सी सञ्चालन गर्दै आएको पाईएको छ ।  कुनै पनि सरकारी कर्मचारीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपले निजि संघ संस्था खोल्न नपाउने ऐन नियमको धज्जी उडाउँदै ईञ्जिनियर यादवले संस्था सञ्चालन गर्दै आएको पाईएको हो ।
हालै लागु भएको ऐनमा उल्लेख भएअनुसार कुनै पनि कनसलटेन्सीले बनाएको घरको नक्सा पेस गर्ने र सम्बन्धीत निकायले पास गर्ने व्यवस्था भएपनि उपमहानगरपालिकाका कर्मचारीहरुको मिलिभगतमा ईन्जिनियर यादवले पास नगरी सेवाग्राहीलाई दुःख दिईरहेको नक्सा पास गराउन उपमहानगरपालिका पुगेका एक जना सेवाग्राहीले गुनासो गरे ।
ईन्जिनियर यादवले सञ्चालन गर्दै आएको राहुल कनसलटेन्सीले जनकपुरधामको अधिकाशं बैंकहरुको सम्पत्ति मूल्याङकन गर्दै आएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा समान्य प्रशासन मन्त्री रहेका लालबाबु पण्डितद्वारा ल्याईएको ऐन कानुनलाई लत्याउँदै ईन्जिनियर यादव प्रायः समय निजि कन्सल्टेन्सीको कार्यमा व्यस्त हुँदा जनकपुरधामको अवस्था झनै दयनीय बन्दै गईरहेको स्थानीयबासीको भनाई रहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »