जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख चुमनलाल दासले झाडापखाला लागेकी उनको थप उपचार सम्भव नदेखिएपछि रेफर गरेको जानकारी दिए । उनले झाडापखालाले नै ज्यान गएको हो या अन्य कारण भन्न सकिने अवस्था नरहेको बताए ।
ढुवान प्रभावित औरहीमा झाडापखाला तथा रुघाखोकीको बिरामी बढेको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । प्राथमिक स्वास्थ्यकेन्द्रमा शनिबार पनि १२ जनालाई भर्नामा राखेर उपचार गरिरहेको प्रमुख दासले बताए । स्वास्थ्य केन्द्रमा शुक्रबार मात्र ६२ जना विरामीको जाँच गरिएको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्रमै जनशक्ति थपेर उपचार गराइरहेको जनाएको छ ।
