निर्वाचन आयोगले सोध्यो पूर्वप्रधानमन्त्री नेपाललाई स्पष्टिकरण

प्रकाशित समय 4:23:00 PM
काठमाडौं, १३ भदौ । निर्वाचन आयोगले एमाले नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै स्पष्टिकरण सोधेको छ । नेता नेपालले पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाई वीरगन्जमा सोमबार प्रचार प्रसारमा संलग्न भएको भन्दै आयोगले स्पष्टिकरण मागेको हो ।
आयोगको बैठकले नेपाललाई २४ घण्टा भित्र स्पष्टिकरण पेश गर्न निर्देशन गरेको छ । आयोगको निर्णयमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता विपरीत पार्टीको चुनाव चिह्न अंकित टोपी लगाई चुनावी प्रचार प्रसारमा संलग्न पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता श्री माधवकुमार नेपाल तथा नेकपा (एमाले) लाई निर्वाचन आचारसंहिता उल्लंघन गरे उपर कारबाही किन नगर्ने भन्ने सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने ।’
राजपालाई सचेत
आयोगले राष्ट्रिय जनता पार्टीलाई राजनीतिक दलविरुद्ध लक्षित विरोध कार्यक्रम नगर्न सचेत गराएको छ । राजपा कार्यकर्ताले जनकपुर पुगेका एमाले नेता माधवकुमार नेपापल विरुद्ध लक्षित गर्दै ढुंगा प्रहार गरेको र कालो झन्डा  देखाएको जानकारी आएको आयोगको विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »