सिरहामा छुट्टाछुटै दुर्घटनामा परि दुईको मृत्यु

प्रकाशित समय 6:01:00 PM
सिरहा ,२३ साउन । सिरहाको अर्नामा गाउँपालिकामा सोमबार मोटरसाइकलबाट खसेर एक महिलाको ज्यान गएको छ । अर्नामा ३ स्थित भित्री सडक खण्डमा स. ७ प ५७२४ नम्बरको मोटरसाइकल पछाडी सवारी रहेकी सोही गाउँपालिका ३ बस्ने अन्दाजी ६० वर्षीया सुर्जादेवी यादवको मोटरसाइकलबाट लड्दा उपचारकालागी लैजानेक्रममा मृत्यु भएको हो । मोटरसाइकलका चालक मृतक महिलाकी छोरा वर्ष ४५ को राम उदगार यादवलाई प्रहरीले अनुसन्धानकालागी नियन्त्रणमा राखेको छ ।
त्यस्तै पानी तान्ने मोटर पम्पबाट करेन्ट लाग्दा सोमबार एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कर्जन्हा गाउँपालिका ६ बस्ने ४५ वर्षिय बुधु साह रहेको प्रहरी चौकी कर्जन्हाले जनाएको छ । साहलाई सोमबार दिउँसो आफ्नै घरमा पानी चढाउनेक्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए । घाइते साहको उपचारकाक्रममा फुलकुमारी मेमोरियल अस्पतालमा मृत्यु भएको हो । घटनाबारे प्रहरीबाट थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »