
त्यस्तै बाढीपहिरोमा परि वेपत्ता भएका ३२ जना फेला पार्न सकिएको छैन । उनीहरुको खोजी कार्य भइरहेको जनाएको छ । उद्धार, खोजी र राहत वितरणमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी हेलिकप्टरसहित परिचालन गरिएका छन् । बिभिन्न संघ संस्था तथा स्थानीय बासिन्दा पनि खोजी र राहत वितरणमा जुटेका छन् ।
