
आफ्नो पार्टी संविधान संशोधन विधेयकका लागि साकारात्मक रहे तापनि हामी संविधान संशोधन गर्न नचाहिरहेको भ्रम उनीहरुले श्रृजना गरेको उनले स्पष्ट पारे । राप्रपाका १० सांसद संविधान संशोधन हुने दिन गायब किन भएको पत्रकारहरुको प्रश्नमा थापाले त्यो दिन राप्रपाले गर्दा नभई कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी स्वयंले अहिले संविधान संशोधन विधयेक निर्णयार्थ संसदमा प्रस्तुत नगरियोस सहतमी गरेको स्पष्ट पारेका छन् ।
यो संविधान संशोधन हुनुमा सबैभन्दा ठूलो बाधक नेपाली कांग्रेस स्वयं रहेको आरोप लगाउँदै थापाले नेपाली कांग्रेस जानी जानी विधेयक फेल हुने दिनमा पेश गर्न चाहेको आरोप लगा लगाए । आफ्नो पार्टी देउवा नेतृत्वको सरकार रहेसम्म सरकारमा सहभागी नहुने जानकारी गराउँदै संविधान संशोधनका लागि हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पत्रकारहरु संग कुरा गर्दै उहाँले पछिल्लो दूई चरणको निर्वाचनमा आफ्नो दलका लागि राम्रो परिणाम नभएपनि प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम आउनेमा विश्वास व्यक्त गरे ।
