करेन्ट लागेर युवकको मृत्यु

प्रकाशित समय 6:30:00 PM
गोलबजार, २७ साउन । करेन्ट लागेर शुक्रबार दिउँसो सिरहाको मिर्चैया नगरपालिकामा एक युवकको मृत्यु भएको छ ।  पानी तान्ने मोटरबाट करेन्ट लागेर सप्तरीको खडक गाउँपालिका–११ घर भई मिर्चैया नगरपालिका–६ स्थित अशोककुमार झाको घरमा डेरा गरेर बस्ने २८ वर्षीय मृगेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरबाट पानी तान्ने क्रममा विद्युत् चुहिएर करेन्ट लागेर घाइते भएका साहलाई उपचारका लागि कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इप्रका मिर्चौयाले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »