करेन्ट लागेर युवकको मृत्यु

प्रकाशित समय 5:55:00 AM
लहान, १२ भदौ । करेन्ट लागेर सिरहाको धनगढीमाई नगरपालिका–१२ विष्णुपुरमा आज एक युवकको मृत्यु भएको छ । आफ्नै घरमा वाइरिंङ गर्ने क्रममा करेन्ट लागेर १८ वर्षीय अमर यादवको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका अमरलाई उपचारका लागि लहान अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »