
यो वर्ष ‘चुनावी वर्ष’ भएको प्रशंग उल्लेख गर्दै उनले प्रदेश र संघीय संसद्को निर्वाचन निर्धारित समयभित्रै सम्पन्न हुने स्पष्ट पारे । अध्यक्ष दाहालले संविधान गतिशील विषय भएकाले आवश्यकतानुसार संशोधन हुने जाने उल्लेख गर्दै अहिलेको अवस्थामा राष्ट्रिय जनता पार्टीसमेत सहभागी भएर संविधान संशोधनको प्रक्रिया हाललाई टुंगो लागेको र संसदीय निर्वाचनपछि बन्ने संसद्ले कुन–कुन विषयमा संविधान संशोधन गर्ने विषयको समाधान गर्ने स्पष्ट पारे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनको विषयमा भारत भ्रमणको समयमा दिनुभएको अभिव्यक्तिको सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले आफूलाई अधिकारिक रुपमा जानकारी नभएको र अहिले संविधान संशोधनको विषय असान्दर्भिक भएको बताए ।
कोसी उच्च बाँधका सम्बन्धमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भने, ‘संयुक्त वक्तव्य आफूले हेरेको र त्यो राख्नुपर्ने आवश्यक थिएन, यस विषयमा प्रधानमन्त्री लगायतसँग छलफल गर्नेछु ।’
