सरकारी अधिकारीद्वारा कोशी बाँध तथा स्पर निरीक्षण

प्रकाशित समय 7:10:00 PM
इनरुवा, ३० साउन । सुनसरी र सप्तरीका सरकारी अधिकारीले आज कोशी बाँध तथा स्पर निरीक्षण गरेका छन् । सप्तकोशी नदीमा पानीको बहाव घटवढ हुने क्रम जारी रहेका बेला कोशी फुट्ने हल्ला चलेपछि सुनसरी र सप्तरीका सरकारी अधिकारीले कोशी बाँध तथा स्पर निरीक्षण गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी उपरीक्षक विद्यानन्द माझी, प्रमुख कोष नियन्त्रक बद्री घिमिरेसहित सबै सुरक्षा निकायका पदाधिकारी निरीक्षणमा सहभागी थिए । त्यसैगरी सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, प्रहरी उपरीक्षक मुकेशकुमार सिंह लगायतले कोशी बाँध तथा स्परको निरीक्षण गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
उनका अनुसार निरीक्षणका क्रममा कोशीको बाँध तथा स्पर भत्किने कुनै खतरा नरहेको र बिगतको तुलनमा मजवुत भएका कारण अहिले बाँध भत्किने स्थिति छैन । कोशी नदीमा अहिलेकै अवस्थामा पानीको बहाव यथावत् रहे सुनसरी र सप्तरीमा कुनै खतरा नहुने प्रजिअ पराजुलीले बताए । भारतीय पक्षले डेढ सय जेनरेटर र तीन सय मजदुर खटाएको र उनीहरूबाट थप सुरक्षा गरिने भएकाले कोशी फुट्ने सम्भावना न्यून रहेको उनले उल्लेख गरे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »