सडक बनाउँदा खनिएको खाल्डोमा परी एकै परिवारका चार बालिकाको मृत्यु

प्रकाशित समय 5:15:00 PM
रौतहट, २१ साउन । जिल्लाको गरुडा नगरपालिका–४ स्थित खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका चार बालिकाको शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राम एकवाल साहकी छोरीहरु १२ वर्षीया संगीता साह, ९ वर्षीया सुनिता, उनका राम एकवालका भाईहरु योगेन्द्र साहकी छोरी ९ वर्षीया सुनैना साह, प्रेम साहकी छोरी ९ वर्षीया सुस्मिता साह रहेको ईलाका प्रहरी गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए । मृतकहरु एकै परिवारको भएको उनले जनाए ।
बिहान घाँस काट्न घरबाट निस्केका चारै जना बालिका दिउँसो अढाई बजेसम्म घरमा फर्केर नआएपछि उनीहरुको परिवारले खोजी सुरु गरेको थियो । करिब ३ बजे एकै ठाउँमा खाल्डोमा डुबेको अवस्थामा बालिकाहरुलाई फेला पारिएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल गौरमा पठाइएको निरीक्षक रेग्मीले बताए ।
चन्द्रनिगाहपुर–गौर सडकसँग जोडिएको नयाँ कच्ची बाटो निर्माणको क्रममा खेतमा खाल्डो खनिएको थियो । सडक भन्दा करिब ८ फिट गहिरो खाल्डो रहेको स्थानीयको भनाई छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »