
सहरको बिभिन्न ठाउँमा झुण्ड्याईएको सो ब्यानर र होडिङग बोर्डले दुर्घटना लगायत सहरको सौन्दर्यकरणमा पनि प्रभाव पार्ने भएको हुनाले हटाईएको ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरिक्षक हरिनन्दन चौधरीले बताए । उनले सहरको बिभिन्न ठाउँमा लगाईको सो बिज्ञापन सहितको होडिङग बोर्डमा सबारी चालकको नजर पर्ने र सोही कारण पनि दुर्घटना भएको घटनाहरु आईरहँदा यस्ता कार्यगर्न थालेको चौधरीले थपे ।
बर्षौ पुरानो जानकी मन्दिर लगायत राम मन्दिर, शिव मन्दिर, राजदेवी मन्दिरको छेउछाउमा लगाईएको सो ब्यानरले जानकी मन्दिरलाई बिश्व सम्पदा सुचीमा सुचिकृत गर्न ठेश पुगाएको र अरु अरु मन्दिरको सुन्दरतामा पनि असर पारेको हुनाले होर्डिङ्क बोर्डहरु हटाइए एक युवा अगुवाले बताए । उनीहरु होर्डिङ्क बोर्डले मन्दिरको अस्मिता र गरिमालाई नै आँच पु¥याएकाले अभियानलाई जोडतोडका साथ निरन्तरता दिनुपर्ने बताए ।
उनीहरुले भने हामीले थालनी गरेको अभियानमा सम्बन्धि निकायले पनि अग्रसरता दिनुपर्नेमा जोड दिएका छन् ।
