सिरहा, ३ भदौ । खेलिरहेको बेला विषालु सर्पले डस्दा सिरहाको सखुवानान्करकट्टी गाउँपालिकाका एक बालकको ज्यान गएको छ । घरनजिकै साथीहरुसँग खेलिरहेको बेला विषालु सर्पले डस्दा सखुवानान्करकट्टी गाउँपालिका–१ का पर्शुराम सदायका ११ वर्षका छोरा भागवत यादवको उपचारका लागि लहान ल्याउने क्रममा बाटामै ज्यान गएको प्रहरीले जनाएको छ । पानी परेर सवैतिर डुबान भएपछि पछिल्ला दिनमा सिरहामा सर्पदंशमा वृद्धि भएको छ ।