श्रीमतीले ब्लेडले काटे श्रीमानको घाँटी, जनकपुर अञ्चल अस्पतालमा उपचार हुँदै

प्रकाशित समय 6:21:00 PM
जनकपुर,१४ भदौ । सर्लाहीमा रक्सी खाएर नशामा रहेका श्रीमानलाई श्रीमतीले ब्लेडले घाँटी छिनाएर हत्या गर्न खोजेका छन् । सर्लाही लालबन्दी नगरपालिका २ का ३९ वर्षका दीपेश श्रेष्ठलाई उनकी श्रीमती शुशीला श्रेष्ठले ब्लेडले घाँटी छिनाउन खोजेकी हुन् ।
दीपक बुधबार विहान जाड खाएर झग्डा गर्न खोजेपछि श्रीमती शुशीलाले ब्लेडले अगाडीको गर्धनमा काटेकी हुन् । दीपेशको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएको छ ।
घाँटी रेटेर हत्या गर्न खोज्ने दीपेशकी श्रीमती शुशीलालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »