सिरहामा सुपारी तस्कर पक्राउ

प्रकाशित समय 5:30:00 PM
सिरहा, ५ भदौ । जिल्ला प्रहरी कार्यालय सिरहाले भारततर्फ लादैगरेको सुपारीसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । ज. १ च १२९९ नम्वरको बोलेरो पिकअप सिराहाको चोहर्वा  सिरहामाडर अन्तर्गत विष्णुपुर गाउँपालिका १ बाट प्रहरीले १५ वटा जुटको बोरामा रहेको नौं क्विन्टल सुपारी, गाडी र चालकलाई नियन्त्रणमा लिएको हो । गस्तिमा खटिएको प्रहरी टालीले चोहर्वामा चेकजाँचका क्रममा सुपारीसहितको गाडी फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए ।
बरामद गाडी र चालक धनुषा गणेशमानचारनाथ नगरपालिका ५ का हरि दयाल, र वेचन कुमार महतोलाई राजश्व अनुसन्धान पुर्वञ्चल इकाई कार्यालय सुनसरीमा बुझाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »