करेन्ट लागेर विद्युतका एक कर्मचारी गम्भीर घाइते

प्रकाशित समय 7:26:00 PM
जनकपुर, ३२ साउन । धनुषमा बुधबार साँझ एघार हजार भोल्टको करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारी गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सुगानिकास ६ का २५ वर्षीय जीवछ मण्डल छन् । मिथिला विहारी नगरपालिका १० मा साँझ विजुलीको पोलमा चढेर काम गर्दै गरेको बेला ११ हजार भोल्टको तारमा करेन्ट लागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । घाइते मण्डललाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल ल्याईएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »