धनुषा जिल्लाको लवटोली गाउँपालिका– ३ घर भई ससुराली गाउँमा आएर पसल गरी बसेका पसले राजदेव यादवका अनुसार सो पसलमा रहेका रु १० लाख बढीको रेडिमेड कपडा, रु पाँच लाख भन्दा बढीको शृंगार सामग्री र केहि दिनदेखि किरानाको थोक कारोबार गर्दै आएकोमा रु पाँच लाख जतिको किराना सामग्री गरी जम्मा २० लाख मूल्य बराबरको क्षति भएको हो ।
पसलमा के कारण आगलागी भएको वा कसैले आगजनी गरेको भन्ने बारे केही खुल्न सकेको छैन भने इलाका प्रहरी कार्यालय लोहारपट्टीबाट घटनाबारे अनुसन्धानका लागि प्रहरी टोली खटिसकेको प्रहरी उपरीक्षक कुबेर कठायतले बताए ।
