कांग्रेस माओवादी केन्द्रले संविधान संशोधन विधेयक अघि बढाउने

प्रकाशित समय 9:23:00 PM
काठमाडौं, २९ साउन । राष्ट्रिय जनता पार्टी राजपासँग भएको सहमति अनुसार सत्तासाझेदार दल कांग्रेस माओवादी केन्द्रले संविधान संशोधन विधेयक अघि बढाउने भएका छन् । राजधानीको वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार कंग्रेस, माओवादी केन्द्र, राजपा र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलपछि संशोधन विधेयक सदनमा पेस गर्ने सहमति भएको हो ।
आउँदो मंगलबार बस्ने बैठकमा सो विधेयक पेस गर्ने सहमति भएको बैठकपछि राजपाका नेता राजकिशोर यादवले जानकारी दिए । बैठकमा राजपाका नेताले चुनाव चिन्ह छाता उपलब्ध गराइदिन पुन माग गरेका थिए । सत्तारुढ दलले मतपत्र छपाईको सम्पुर्ण खर्च सरकारले बेहोर्ने भन्दै दुई नम्बर प्रदेशको मतपत्र पुन छाप्न आयोगका पदाधिकारीलाई आग्रह गरेका थिए ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दल सम्वन्धी ऐन परिमार्जन नभएसम्म नयाँ चुनाव चिन्ह उपलब्ध गराउन नसकिने बताए । उनले साविकका दलका कुनै एउटा चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुन आग्रह गरेको थियो । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारकै पालामा निर्णयार्थ पेस गर्ने तयारी गर्दा पारित नहुने भएपछि रोकिएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »