राप्रपा दर्ता

प्रकाशित समय 5:46:00 PM
काठमाडौँ, ११ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश र केन्द्रको चुनावी प्रयोजनका लागि निर्वाचन आयोगमा आइतबार दल दर्ता गराएको छ ।  पार्टीका उपाध्यक्ष टंक ढकालको नेतृत्वमा आयोगमा गएको प्रतिनिधिमण्डलले दल दर्ता गराएको सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । प्रतिनिधिमण्डलमा महामन्त्री जयन्त चन्द, प्रवक्ताद्वय भुवन पाठक र सुशील श्रेष्ठ, सहायक महामन्त्री चन्द्रबहादुर गुरुङलगायतको सहभागिता थियो । आयोगले आगामी प्रादेशिक तथा केन्द्रीय निर्वाचनका लागि विभिन्न दललाई दर्ताको समय आइतबारसम्म दिएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »