अस्तव्यस्त अस्पताल मन्त्रीको स्वागतमा चिरिच्याट्ट

प्रकाशित समय 6:54:00 PM
जनकपुर, १७ साउन । फोहोर र अस्तव्यस्तता जनकपुर अञ्चल अस्पतालको पर्याय नै बनिसकेको छ ।अस्पतालको हविगत देख्दा उपचारका लागि त्यहाँ पुग्नेहरुलाई थप विरामी पो परिने हो कि भन्ने चिन्ता हुन्छ । तर मंगलबारको दृश्य भने फरक थियो त्यहाँ । अस्पताल निकै सजाइएको थियो । फोहोरको व्यबस्थापन गरिएको थियो । चिटिक्क देखिन्थ्यो अस्पताल ।
चिकित्सकहरु नियमित नआउने, बिरामी र उनका आफन्तसंग चिकित्सकको खरो व्यबहारबाट आजित यहाँका विरामीहरु मंगलबार भने त्यहाँ फरक दृश्य देखिरहेका थिए । सबै चिकित्सकहरु अस्पतालमा थिए भने उनीहरको व्यबहार विगतको भन्दा ठीक उल्टो । सबै एकदाम ठीकठाक चलिरहेको जस्तो देखिन्थ्यो त्यहाँ । यो दृश्य देखेपछि अचम्म परेका विरामीहरुले बल्ल थाहा पाए कि त्यहाँ स्वास्थ्यमन्त्री अनुगमनका लागि आउँदै थिए र मन्त्रीलाई देखाउनकै लागि यो सबै काम गरिदै थियो ।
तर अस्पतालमा उपचार गराउन पुगेका सेवाग्राहीहरुले अस्पतालका चिकित्सकहरुको लापरवाही तथा बिरामीसंग गरिने व्यवहारको विषयमा स्वास्थ्यमन्त्री गिरिराज मणि पोखरेलाई जानकारी गराए । त्यसपछि अस्पताल प्रशासनसंग रुष्ट बनेका मन्त्री पोखरेलले यथाशीघ्र मन्त्रालयबाट एक विशेषज्ञ टोली पठाएर अञ्चल अस्पतालको वास्तविक अवस्था बुझ्ने र दोषीलाई कारवाही गर्ने आश्वासन दिएका छन् ।
अंचल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामपरिक्षण यादवको आफ्नै नीजि अस्पताल सञ्चालनमा रहेको बारे पनि सर्वसाधारणले मन्त्री पोखरेललाई जानकारी गराएका छन् । मन्त्री पोखरेलले पनि अवैधानिक रुपमा सञ्चालित अस्पताल, नर्सिङ्क होम र स्वास्थ्य संस्थाहरुलाई कार्वाही गरिने प्रतिवद्धता स्थानीयसंग व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »