बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षामा नियमित तर्फ कुल १ लाख ९३ हजार १ सय २५ जना परीक्षार्थी सहभागी भएकोमा ८१ हजार ७ सय ५८ जना परीक्षार्थी उतीर्ण भएको र ७७ जना परीक्षार्थी निष्काशनमा परेको उनले जानकारी दिए । त्यसैगरी आंशिकतर्फ १ लाख ७ हजार ५ सय ६९ जना परीक्षार्थी सहभागी भएकोमा ३८ हजार ४ सय ४४ जना परीक्षार्थी अर्थात ३५ दशमलव ७८ प्रतिशत परीक्षार्थी उतीर्ण भएको नियन्त्रक बतासले जानकारी दिए ।
परीक्षामा ३८ जना परीक्षार्थी निष्काशनमा परेको उनले जानकारी दिए । यसअघि कक्षा १२ को विज्ञान संकायको परीक्षाफल भने गत साउन २० गते सार्वजनिक गरेको थियो ।
नतिजा वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको www.moe.gov .np, राष्ट्रिय परीक्षा बोर्डको www.neb. gov.np र नेपाल टेलिकमको www.neb.ntc. net.np वेबसाइटमा नतिजा हेर्न सकिन्छ ।
नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
