सिरहामा सर्पले डसेर दुई बालकको मृत्यु

प्रकाशित समय 5:31:00 PM
गोलबजार,११ भदौ । बाढी र डुवानपीडित क्षेत्रमा विगविगी बढ्दा सिरहामा सर्पले डसेर दुई सातामा दुई बालकको ज्यान गएको छ । नेपाल रेडक्रस सोसाइटी सिरहाका अनुसार सिरहा नगरपालिकाको सारश्वर टोलका मानदेब महराका र्तेह बर्षीय छोरा सुजित र सखुवान कारकट्टी गाउँपालिकाको मौवाही टोलका र्बाह बर्षीय भागवत सदाको मृत्यू भएको हो ।
जिल्ला अस्पताल सिरहाका अनुसार दैनिक ३।४ जना सर्पले डसेका विरामी उपचारका लागि आउछन । बाढीपछिको १५ दिनमा सर्पले टोकेका ४१ जना विरामी अस्पताल पुगेका थिए । जसमध्ये ढिलो गरी अस्पताल लैजादा एक जनाको बाटोमै ज्यान गएको थियो ।
समयमै अस्पताल पुगेका अधिकांश विरामी बाँच्ने भएपनि ग्रामीण भेगका अधिकांश सडक बाढीले भत्काइका कारण विरामीलाई अस्पताल पु¥याउन कठिन भइरहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »