महोत्तरीमा २६ स्थानमा एकसाथ स्वास्थ्य शिविर

प्रकाशित समय 7:46:00 PM
महोत्तरी, ७ भदौ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले हरेक स्वास्थ्य संस्थामा औषधिको कमी हुन नदिने बताएको छ । बुधबार महोत्तरीमा सञ्चालित स्वास्थ्य शिविरको अवलोकनपश्चात् गौशाला बजारमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पोखरेलले सो कुरा बताएको हो ।
विगतको परिवेशलाई मध्यनजर गर्दै कुनै पनि स्वास्थ्य संस्थामा आवश्यक औषधिको कमी कदापि हुन नदिने मन्त्री पोखरेलले बताए । अस्पतालहरूमा विषालु जीवजन्तुको टोकाइबाट घाइते भएकालाई स्थानीयस्तरकै स्वास्थ्य संस्थामा उपचारका लागि पहलकदमी गरिने मन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे ।
यता बुधबारै जिल्लाका २६ स्थानमा एकैसाथ बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सो निःशुल्क स्वास्थ्य शिविरमा बाढीपीडितलाई स्वास्थ्य परीक्षण गर्नाका साथै औषधि पनि वितरण गरिएको जिल्ला जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले जानकारी दिए ।  शिविरमा धरान, जनकपुर, सिन्धुलीलगायत स्थानीय स्वास्थ्यकर्मीले बिरामीलाई सेवा प्रदान गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »