काठमाडौं, २९ साउन । कांग्रेसले बाढी पीडितहरुको राहतका लागि पार्टीका सांसदबाट एक महिनाको तलब दिने घोषणा गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बालुवाटारमा बसेको बैठकले पार्टीका २ सय ७ सांसदबाटै एक महिनाको तलब दिने घोषणा गरेको कार्यसम्पादन समितिका सदस्य मीनेन्द्र रिजालले बताए । साथै कांग्रेसले पार्टी कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई पार्टीको राहत कोषमा सहयोग संकलन गर्न समेत अपील गरेको छ ।