सर्पले डस्दा एकजनाको मृत्यु

प्रकाशित समय 7:36:00 PM
राजविराज, २६ साउन । सप्तरीमा पछिल्लो एक महिनादेखि विषालु सर्पको बिगबिगी बढेको छ । पछिलो पटक सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ मा बुधबार राति विषालु सर्पको टोकाइबाट ७८ वर्षका दुखाइ साहको ज्यान गएको छ ।
सर्पले टोकेपछि समयमै अस्पताल पुर्रुयाउनुको साटो धामीझाँक्रीको भर पर्दा उनको ज्यान गएको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका डाक्टरले बताएका छन् । घरमा सुतिरहेका बेला साहलाई विषालु सर्पले टोकेको थियो । गर्मी र वर्षासँगै जिल्लामा सर्पदंशका घटना ह्वात्तै बढ्दा सगरमाथा अञ्चल अस्पतालमा दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »