इनरुवा नगरपालिकाले मिलायो मोबाइल चार्जको व्यवस्था

प्रकाशित समय 8:07:00 PM
इनरुवा, ३१ साउन । बाढीका कारण अवरुद्ध बनेको विद्युत सेवा सञ्चालनमा आउन नसकेपछि नगरवासीका लागि इनरुवा नगरपालिकाको कार्यालयले मोवाइल चार्जको व्यवस्था मिलाएको छ । इनरुवा नगरपालिकाले वैकल्पिक व्यवस्था मिलाउँदै नगरका चौकहरुमा मोबाइल चार्ज गर्ने व्यवस्था मिलाएको हो । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताका अनुसार बाढीका कारण कष्टकर बनेको सर्वसाधारणको दैनिकीलाई आफन्तजनसँग सम्पर्क हुन सकोस र सूचनाको पहुँच पुगोस भन्ने उद्देश्यले विद्युतको वैकल्पिक व्यवस्था मिलाइएको हो । सोलार र जेनेरेटरको पायक अनुुकुल हुनेगरी मूख्य मूख्य चौकमा मोबाइल चार्जको व्यवस्था मिलाइएको छ । चार्ज गर्ने स्थानहरुमा सर्वसाधारणले पालो कुरेर आआफ्ना मोबाइल लगायत चार्ज गरिरहेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »