मोरङमा वैवाहिक अंगीकृत नागरिकता लिने बढे

प्रकाशित समय 6:15:00 PM
मोरङ, १९ साउन । मोरङ जिल्लामा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको छ । नयाँ संविधान जारी भएयता अघिल्लो आवभन्दा गत आव २०७३÷०७४ मा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको हो ।
मोरङमा गत आवमा ४८६ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय, मोरङको तथ्यांकमा उल्लेख छ, जसअनुसार अघिल्लो आव भन्दा गत आवमा ११५ जना वैवाहिक अंगीकृत नागरिकता लिने बढेको देखिन्छ । आव २०७२÷०७३ मा मोरङबाट ३७१ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिए । गत आवमा जिल्ला प्रशासन कार्यालय, विराटनगरबाट ३१०, इलाका प्रशासन कार्यालय रङ्केलीबाट १६८ र इलाका प्रशासन कार्यालय उर्लाबारीबाट आठ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । गत आवमा मोरङबाट ३३ हजार ४१२ जनाले नागरिकता लिएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »