जनकपुरमा केश काट्ने किरा फेला प¥यो

प्रकाशित समय 7:42:00 PM
दिपेन्द्र सिंह
जनकपुर, ७ भदौ । धनुषासहित तराई क्षेत्रमा केश काटने घटना भई रहेको बेला जनकपुरमा केश काटने किरा फेला परेको छ । जनकपुर उपमहानगरपालिकाकै रामपुरमा मंगलवार एक युवतीको केश काटेको घटना भएसंगै गएका स्थानियबासिन्दाहरुले केशमै लटपटिएको अवस्थामा एक अनौठो प्रकारको किरा फेला पारेको थियो ।
अनौठो प्रकारको गन्ध पनि आउने गरेको किरा समाउने स्थानियबासिन्दाहरुले सानो डब्बामा राखेर किरालाई गाडेको अवस्थामा जनकपुरका पत्रकार विकास साह घटना स्थल पुगेर किरालाई माटोबाट खनेर ल्याएका थिए ।
मंगलबार राति ल्याइएको किरालाई ठुलो बटटामा राखिएको अवस्थामा राति १ बजे तिर मरेको छ । बुधबार विहान सो किरा हेर्न निकै मान्छेहरुका घुइचो लागेपछि किराबारे जानकारी पाएपछि अहिले उक्त किरालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको धनुषाका एसपी लालमणि आचार्यले बताएका छन ।
धनुषाका एसपी आचार्यका अनुसार आफुलाई किराबारे जानकारी प्राप्त भएलगतै किरा जिल्ला प्रहरी कार्यालय ल्याइएको र सो बारेमा अनुसन्धानका लागि माथिल्लो सम्बन्धित निकाय र किरा अनुसन्धानकर्ताहरुलाई सो बारेमा जानकारी गराइएको बताएका छन । उनले भने अहिले अनुसन्धानकै क्रममा रहेकाले यो किरा अलि अनौठो खालको रहेको अहिले यो किरा सहजै नदेखिएको र हाल मरेको अवस्थामा आफुहरु कहाँ प्राप्त भएकाले यसबारे अहिले तत्कालै केही भन्न नसकिने बताएका छन ।
धनुषामा अहिलेसम्म इटहरवा , विदेह नगरपालिका , नगराईन र रामपुरमा केश काटने घटना भएको हो । भने केश काटने घटनाले गर्दा धनुषाका गाउँदेखि शहरी क्षेत्रका मान्छेहरु पनि भयभित भएका छन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »