वर्षातमा पनि आगलागी ! १२ लाखको क्षति

प्रकाशित समय 7:14:00 PM
सिरहा, २८ साउन । लगातारको वर्षातले जिल्लाका विभिन्न ठाउँ डुबानमा परिरहेका बेला सप्तरीको दक्षिण पश्चिमी भेगमा पर्ने काचनमा भने मध्यारतमा आगलागी भएको छ । मध्यरातमा भएको आगलागीमा गोठमा बाँधिएका वस्तुभाउ फुकाउन नपाउँदा सबै जलेर मरेका छन् ।
सप्तरीको बोदेबर्साइन नगरपालिका ६ काचनका कन्तलाल चौधरीको गोठमा शुक्रबार राती १२ बजेतिर भएको आगलागीमा गोठमा बाँधिएका गोरु, गाई, खसी, बाख्रा जलेर मरेका छन् भने गोठ पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय बोदेबर्साइनले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा गोठसहित वस्तुभाउ जल्दा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ ।चौधरीको गोठमा सल्किएको आगोले उनका छिमेकी अशोक चौधरीको बाँसको भित्ता भएको दुई तले घर र घरमा रहेका नगद, लत्ताकपडा, अन्नपात, भाँडावर्तनसमेत जल्दा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »