धनुषामा दुई पत्रकार मेयर र एक वडाध्यक्षको उम्मेदवार बन्ने

प्रकाशित समय 6:10:00 PM
जनकपुर, १५ भदौ । आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको चुनवमा धनुषाबाट तीन जना पत्रकारले उम्मेदवाारी दिने भएका छन् । नेपाल पत्रकार महासंघ धनुषाका साधारण सदस्य समेत रहेका तीनजना पत्रकार मध्ये दुई जना मेयर र एक जना वडाध्यक्षको उम्मेदवार बन्ने निश्चित जस्तै भएको छ ।
धनुषाको हंशपुर नगरपालिकाको मेयर पदमा पत्रकार रामनारायण कापडीलाई  संघीय समाजवादी फोरमले उम्मेदवार बनाउने भएको छ । फोरमले कापडी उम्मेदवार भएको औपचारीक घोषणा समेत गरिसकेको छ ।
यस्तै जनकपुर उपमहानगरपालिकाको मेयर पदमा नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष समेत रहेका उमेश साहको उम्मेदवारी हुने प्रवल सम्भावना छ । साह नयाँ शक्ति नेपाल पार्टीबाट उम्मेदवार हुने निश्चि जस्तै भए पनि औपचारीक घोषणा हुन बाँकी छ ।
यस्तै पत्रकार सञ्जिव मण्डल विदेह नगरपालिका वडा नं.७ बाट अध्यक्ष पदमा उम्मेदवार बन्ने सम्भावना छ । उहाँ नेकपा माओवादी केन्द्रबाट उम्मेदवारको लागि दाबेदारी गरेको छ । मण्डलले टिकट पाउने पनि सम्भावना धेरै छ । तर औपचारिक घोषणा भएको छैन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »