बाढी पीडितलाई सेनाले गराए सामूहिक भोजन

प्रकाशित समय 5:30:00 PM
सप्तरी, १ भदौ । नेपाली सेनाको भीम दल गणले राजविराज नगरपालिका–१५ देउरीभरूवाका बाढी पीडितका लागि बिहीबार सामूहिक भोजन र स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बाढी पीडितको खाने व्यवस्था राम्रो नहुँदा सेनाले सहयोग गरेको हो । बाढीका कारण ३ हजार परिवारका ६ हजार स्थानीय बिस्थापित भएका छन् । गएको साउन २६ गते खाँडो नदीमा आएको बाढीले बाँध भत्काउँदा देउरीभरूवाका डोमी यादव बाढीको भेलसँगै बेपत्ता छन् । उनको खोजी भइरहेको छ ।
बाढीपीडित एक हजार जनालाई सेनाले प्रभावित क्षेत्रमा गएर खाना खुवाउनुको साथै निः शुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् । शिविरमा महिला र बालबालिकाको उल्लेख्य उपस्थिति छ । नेपाली सेनाका क्याप्टेन डा. नारायण  प्रसाद गौतमको नेतृत्वमा १७ जना चिकित्सकको टोलीले बिरामीको जाँच गरी औषधी दिएका छन् ।
बाढीसँगै सप्तरीको विभिन्न स्थानमा महामारीको प्रकोप फैलिने सम्भावना देखा परेको छ । सेनाकाबाहेक बाढी प्रभावित क्षेत्रमा अहिलेसम्म राहत र स्वास्थ्यकर्मीको टोली पुगेका छैन । नेपाली सेनाको कामलाई स्थानीय बासिन्दाले प्रसंशा गरेका छन् । बाढीपीडितमा रूघाखोकी, झाडापखाला, निमोनिया, दम, भाइरल ज्वरो देखा परेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »