मट्टितेलमा कालोवजारी: सम्वन्धित निकाय मौन

प्रकाशित समय 6:07:00 PM
महेश प्रसाद चौधरी 
सिरहा, २० साउन । मट्टितेलमा व्यापक कालोवजारी चलिरहेपनि सम्वन्धित निकाय मौन रहेका छन् । अहिले धान रोपाईको चटारो लागे पनि सिरहामा अधिकांश जमिन आकाशे पनिको भरमा हुने गरेको छ । सिरहामा ६१ प्रतिशत  रोपाई हुन बाँकी रहेको  समयमा पानि नपर्दा किसानहरु निरास भएका छन् ।
गत वर्षको तुलनामा सामान्य खेतमा धान लगाए पनि त्यसको बचावको लागी विजुलीको मोटर, दमकल, भपलेटरले खेतमा पानी हाली धान बाली बचाउन किसानहरु लागिरहेको समयमा मट्टितेलमा व्यापक कालो वजारी भए पनि समवन्धित निकाय मौन रहेका छन् । नेपाल सरकारले पेट्ररोल प्रति लिटर ९८ रुपैया,डिजल प्रतिलिटर ७४ रुपैया र मट्टितेल प्रलिटर ७४ मुल्य कायम रहेपनि स्थानिय बजारहरुमा खलेआम प्रति लिटर ९० देखी एक सय २० रुपैया सम्म मट्टितेल बेचने गरेको स्थानिय कृषक राम चन्द्र यादबले बताए ।
नाम नबताउने सर्तमा एक व्यापारीले भने नेपालमा मट्टितेल नपाएपछि छिमेकी देश भारतबाट ल्याउने गरेकोले त्यती चर्को मुल्यमा बेच्नु परेको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »