
शुक्रबार जनकपुर विमान स्थलमा संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।
उपप्रधानमन्त्री महराले संविधान संशोधन विधेयक पारित गराउन प्रमुख प्रतिपक्ष एमालेले सहयोग गर्नेमा सरकार आशावादी रहेको पनि बताए । यसका साथै, उनले संविधान संशोधन विधेयक पारित गराउन सरकार लागि परेको पनि स्पष्ट पारे । आगामी सोमबार संसदमा संविधान संशोधन विधेयक निर्णयार्थ पेश हुँदैछ ।
उपप्रधानमन्त्री महराले आगामी असोज २ गते स्थानीय तह तेस्रो चरणको निर्वाचन हुनेमा शंका नगर्न पनि आग्रह गरे । उनले मंसिरको पहिलो साताभित्र प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एउटै मितिमा गराउने गरी सरकारले तयारी गरिरहेको पनि जानकारी दिए ।
