सिरहाको बाढी पीडितलाई विभिन्न पार्टी तथा संघसंस्थाको राहत

प्रकाशित समय 7:23:00 PM
कमलेश यादब
गोलबजार ३२, साउन ।  सिरहाको कल्याणपुर ३ इटारीपर्साहीका बाढी पीडितलाई विभिन्न संघ संस्था दलहरुले राहत प्रदान गरेको छ । नेकपा माओवादी केन्द्रका स्थानीय नेता प्रकाश महासेठ, राष्ट्रिय जनता पार्टीका जिल्ला आर्थिक विभाग प्रमुख रामनारायण यादव, जिल्ला दैवि प्रकोप उद्धार समितिले यहाँका बाढी पीडितलाई राहत प्रदान गरेको हो ।

माओवादी केन्द्रका नेता महासेष्ठले बाढीबाट प्रभावित भएको सय घरपरिवारलाईघ विछ्याउन त्रिपा, मच्छर झुल प्रति परिवार १० केजीका दरले चामल, दाल र नुन प्रदान गरेको छ । त्यसैगरी राजपाका नेता रामनारायण यादवले बाढी पीडित एक सय घरपरिवारलाई पाँच केजीका दरले पीठो, एक एक थान थाल र गिलास, नुन लागाएतका सामग्री प्रदान गरेको छ ।
विहीबारै जिल्ला दैवि प्रकोप उद्धार समितिले फमको म्याट एक थान, च्यूरा, दालमोट लगाएतका सामग्री प्रदान गरेको जनाएको छ ।
धुलीखेल हस्पिटलले बाढी पीडितको लागि विभिन्न लत्ताकपडा, थालभाडा लगाएतका सामग्री जिल्ला दैवि उद्धार प्रकोप समितिलाई जिम्मा लगाएको जनाएको छ । साथै उनीहरुले चार सय प्रकारका औषधी पनि जिल्ला स्वास्थ्यकार्यालयलाई जिम्मा लगाएको जनाएको छ ।
अस्पतालले विहीबारै एक दिवसिय स्वास्थ्य शिविर समेत संचालन गरेको छ । शिविरमा डा. दिलिप यादव र डा.विन्द्र गोलेको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको टोलि प्रमुख जनस्वास्थ्य व्यवस्थापन प्रमुख रोशन कुमार महतोले जानकारी दिए । शिविरमा एक सय ५० भन्दा बढी विरामीहरुको जाँच गरिएको जनाएको छ ।
 जिल्ला सदरमुकाम समेत रहेको सिरहा नगरपालिका कार्यालयले सिरहा ६ बसबिट्टा गाउँका बाढी प्रभावितहरुलाई चार क्विण्टल चिउरा, एक क्विण्टल मुरही, एक हजार प्याकेट चाउचाउ, दालमोट र मट्टितेल वितरण गरेको छ । सुखीपुर नगरपालिका कार्यालयले आफ्नो क्षेत्रका बाढी प्रभावितहरुलाई खानेकुरा सहितका राहत सामग्री वितरण गरिएको जनाएको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठका अनुसार सिरहाका बाढी पिडितलाई अब राहतभन्दा उनीहरुलाई आफ्नै घरमा फर्किने बातावरण बनाउनु पर्ने बताए । दुईदिन देखि मौसम सफा भएपछि पानीको सतह स्वात्तै घटेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए । अव विस्थापीत परिवारलाई राहत भन्दा उनीहरुलाई सुरक्षित साथ आफ्नै घरमा वस्ने बातावरण बनाउनु पर्ने बताए ।
अझैपनि घरहरुमा जमेकोले मौसम सफा रहेपनि दुई दिन हिलो सुक्न समय लाग्ने इटारी पर्साहीका बाढी पीडित सोनफी मण्डले बताए । उनले भने, ‘हामीलाई पनि यसरी विद्यालयमा वस्ने मन छैन, हिलो सुक्ने वित्तिकै हामी घर जान्छौं, अहिले साना नानीहरुलाई लिएर त्यहाँ जानसकिने अवस्था छैन ।’ यहाँका ४५ घर परिवार चार दिनदेखि निम्न माध्यमिक पर्साहीमा बसिरहेका छन् ।
विद्यालयमा वसिरहा सवैलाई कल्याणपुर नगरपालीकाले खानाको प्रबन्ध मिलाएको छ । घरबाट विस्थापीत ४५ घर परिवारलाई नगरपालीकाले खाना, खाजाको व्यवस्थापन गरेको नगरपालिकाका कार्यकारी अधिकृत विष्णुदेव यादवले जानकारी दिए । सिरहामा बाढीले २५ स्थानका २ हजार भन्दा बढी परिवार पूर्ण प्रभावित भएको जनाइएको छ ।
बाढीले सिरहाको लहान, औरही, निर्दना, सारश्वर, बसबिट्टा, माडर, मलहनिया गमहरिया, सुखचैना, खिरौना, लगडीगोठ, लगडीगदियानी, लक्ष्मिनीया, सन्हैठा, हकपाडा, कर्जनहा, गौताडी, भोक्राहा, भेडिया, चतरी, इटाटार, बेलहा, मझौलिया, अर्नामा प्र.रा. बढी प्रभावित रहेको नेपाल रेडक्रस सोसाइटी सिरहाले जनाएको छ ।
बाढी पीडितलाई स्वस्थ रहन सचेतना 
जिल्ला जनस्वास्थ्य कार्यलय सिरहाले बाढी प्रभावित इटारी पर्साहीका वासिन्दालाई आहिले बाढीका कारण खाने पानी दुसित भएकोले तताएर अथवा पानी शुद्धिकण गर्ने क्लोरिन, पीयुस जस्ता औषधी हालेरमात्र सेवन गर्न स्थानीयलाई सचेत गराएको छ । बाढीका कारण जतासुकै प्रदुषण फैलिएको र खानेपानीको मुहान समेत दुसित भएकाले पानी निर्मलीकरण गरेमात्र पीउन सर्वसधारणलाई जानकारी गराउने र उनीहरुको स्वास्थय  जाँज गरिरहेको  जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख चुमन लाल दासले बताए । सखुवा नन्कारकट्टीका ४५,  औरहीका एक सय ४०, बसबिट्टा, सारश्वर, बेलहा लहानमा  बाढी प्रभावितहरु बढी छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »