अनुसन्धानका नाममा प्रहरीले दुःख दिएको गुनासो

प्रकाशित समय 6:04:00 PM
सप्तरी, २४ साउन । चारदिन अघि सशस्त्र समूहले थापेको एम्बुसमा प्रहरीको गाडी परेपछि प्रहरीले अनुसन्धानका नाममा सर्वसाधारणलाई अनावश्यक दुख दिएको गुनासो सर्वसाधारणले गरेका छन् । घटनालाई लिएर ईलाका प्रहरी कार्यालय कडरबोनाले सर्वसाधारणलाई धरपकड गरेको स्थानीयको भनाई छ । सोमवार खडक नगरपालिका ३ गरूराहाका २३ वर्षे दयानन्द रामलाई  प्रहरीले घरबाट हतकडी लगाएर लगेको उनका बुबा विश्वनाथ रामले वताए । प्रहरी घरभित्र पसेर जथाभावी खाद्यान्न छरेको तथा दराज फुटाएर कागजमा छाप लगाउन कर गर्दा आफू नमानेको आमा रौदी देवीले वताईन् । गत शनिबार राति अज्ञात समूहले सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा प्रहरीको भ्यानमा क्षति हुनुका साथै चार प्रहरी सामान्य घाइते भएका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »