कांग्रेस सप्तरीले थाल्यो निर्वाचन तयारीः जिल्लामा पहिलो पार्टी बन्ने दाबी

प्रकाशित समय 6:16:00 PM
एस.के. शान
सप्तरी, २० साउन । सप्तरी पछिल्लो मधेस आन्दोलनको केन्द्रमा रह्यो । पछिल्लो संविधानसभाको निर्वाचनमा प्रमुख दलहरु निर्वा्चित भएपनि मधेसवादी दलहरुको गतिविधी बढी देखिन्छ । पहिलो संविधानसभा निर्वाचनमा जिल्लाको ५ वटा निर्वाचन क्षेत्रमा मधेसवादी र एक वटामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए । तर, दोस्रो संविधानसभाको निर्वाचनमा माओवादी एक्लैले तीन वटा क्षेत्र जितेको थियो भने दुईमा कांग्रेस र एउटामा एमाले ।
तर, असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसले एक नम्बरको पार्टी बन्ने दाबी गरेको छ । जिल्लामा पार्टीलाई विजयी बनाउन प्रचार प्रसारलाई तिब्रता दिइएको कांग्रेसले जनाएको छ ।
एक नम्बर बन्न शंका छैन
कांग्रेस जिल्ला सभापति दिनेश यादवको दावी छ, ‘कांग्रेस एक नम्बर बन्छ लेखेर राख्नोस् ।’ उनी स्थानीय निकायको यसअघि भएका निर्वाचनहरुमा कांग्रेस एक नम्बर बनेको र २०५५ सालमा मात्रै केहि समस्या भएको बताउँदै यस पटकको स्थानीय तह निर्वाचनमा प्रायः सबै स्थानीय तहमा कांग्रेस निर्वाचित हुने दाबी गर्छन् ।
‘जिल्लामा १७ वटा स्थानीय तह छ, हाम्रो संगठन सबै तहमा राम्रो छ’ सभापति यादव भन्छन, ‘उम्मेदबारहरु पनि सबैका मन जितेका व्यक्ति हुने भएकाले हामीलाई जित्न समस्या हुँदैन् ।’ प्रायः हरेक ठाउँमा कांग्रेसको बलियो संगठन रहेको बताउँदै उनी यसमा अझै मिहिनेत गर्ने काम जारी रहेको बताउँछन् ।
हरेक स्थानीय तहमा आमसभा
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले जिल्लाको १७ वटै स्थानीय तहमा आमसभा समेत गर्ने भएको छ । सबै आमसभामा केन्द्रिय नेताहरुको सहभागितामा आमसभाको आयोजना गरिने उनले बताए । ‘सदरमुकाम राजविराजमा भने विशाल आमसभाको आयोजना गरिनेछ’ उनले भने ।
उम्मेदवार सर्वसम्मत हुन्छ
जिल्ला सभापति यादवले स्थानीय तहहरुमा बन्ने उम्मेदवार सर्वसम्मत हुने दाबी पनि गर्छन् । ‘बनेको उम्मेदवारप्रति कसैको कुनै बिरोध हुँदैन र सबैले सहयोग गर्छन’ उनी दाबीका साथ भन्छन, ‘केहि स्थानीय तहमा त सर्वसम्मतै उम्मेदबार बनिसकेको छ ।’
सबै स्थानीय तहमा क्षेत्रिय सभापति र उनीसँगै पराजित भएका नेतासहित बिभिन्न नेताहरुको निर्णयले नै उम्मेदवार चयन हुने भएकाले कुनै विवाद नआउने र बागी उम्मेदबार पनि नबन्ने उनको विश्वासछ । उनले भने, ‘केहि स्थानीय तहबाट तीन जनासम्मको नाम गएको छ । तर जोसुकैको नाम आएपनि उम्मेदबारलाई सबैले सहयोग गर्छन् ।’
सप्तकोशी र कंचनरुप नगरपालिका तथा कृष्णासावरन, रुपनी, इटहरी बिष्णुपुर, बेल्ही चपेना गाउँपालिकाबाट प्रमुखको उम्मेदवारमा एकएक जनाको नाम मात्रै सिफारिस भएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »