मन्त्रिमण्डल विस्तार, माओवादी केन्द्रबाट आठ राज्यमन्त्री थपिए

प्रकाशित समय 5:59:00 PM
काठमाडौं, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गरेका हुन् । प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आइतबार विस्तार भएसँगै ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १९ मन्त्री र आठ राज्यमन्त्री छन् ।
मोहम्मद जाकिर हुसेन (महिला, बालिकालिका तथा समाज कल्याण), रामसिंह यादव (स्वास्थ्य), श्यामकुमार श्रेष्ठ (गृह), शम्भुलाल श्रेष्ठ (ऊर्जा), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गुरुङ (सहरी विकास), गोमा कुँवर (पशुपक्षी विकास) र ओङ्दी शेर्पाले (सामान्य प्रशासन) राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । उनीहरु सबै नेकपा (माओवादी केन्द्र)को तर्फबाट प्रतिनिधित्व गर्छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री देउवाले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराए । शपथपछि नवनियुक्त राज्यमन्त्रीलाई माला र खादा लगाएर प्रधानमन्त्री देउवाले स्वागत अभिवादन गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »