कमला सिँचाइ आयोजनामा तेह्र करोडको क्षति ः सिँचाइ प्रभावित

प्रकाशित समय 5:31:00 PM
सिरहा, ५ भदौ । हालै आएको बाढीपहिरोले कमला नहर सिँचाइ आयोजनामा करिब १३ करोड मूल्य बराबरको क्षति भएको छ । कमला नहर हर्दिनाथ सिँचाइ आयोजना डिभिजन कार्यालय, पोर्ताहाका कार्यालय प्रमुख गौतम ठाकुरका अनुसार कमला नहरको पूर्वी नहर प्रणाली सिरहातर्फ पाँच करोड र कमला नहर पश्चिमी नहर प्रणालीतर्फ सात करोड र हर्दिनाथ सिँचाइ प्रणालीतर्फ एक करोड मूल्य बराबरको संरचना बाढीपहिरोबाट पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ ।
सिरहाको १२ हजार ५०० हेक्टर जमिन र धनुषाको १२ हजार ५०० हेक्टर जमिन गरी कूल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याइरहेको सो आयोजना बाढीबाट क्षतिग्रस्त हँुदा सिँचाइमा समस्या पुगेको प्रमुख ठाकुरले बताए । वि.सं २०१७ मा तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले आयोजना शिलान्यास गरेका थिए ।
कमला नहर र हर्दिनाथ सिँचाइ आयोजनाको नहरको पुरानो तथा नयाँ संरचना भासेको बाँध तथा केनल पूर्णरुपमा क्षतिग्रस्त भएको नहरका ग्राभेलबाटो टुटफुट भएको र नहर संरचनामा बाढीले तोडफोड गरेकाले त्यसलाई पुनःनिर्माणमा ठूलो रकम खर्च हुने सो कार्यालयका इन्जिनियर अरुण यादवले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »