डा. केसी आन्दोलनमा एक्लो छैनन् हामी पनि साथमा छौं : सुशिला कार्की

प्रकाशित समय 5:18:00 PM
काठमाडौं, २१ साउन । १३ दिनदेखि अनसनरत डा. गोविन्द केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउन सडकमा ओर्लिएकी सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो ऐक्यवद्धता डा.केसीको माग र समग्र स्वास्थ्य क्षेत्रको विकृति र विसंगतीविरूद्ध भएको बताएकी छन् ।
शनिबार सोलिडारिटी फर प्रोफेसर डा.गोविन्द केसी अलायन्सले आयोजना गरेको ¥याली पछिको सभामा सम्बोधन गर्दै कार्कीले डा. केसीको माग न्याय संगत र विधिसम्मत भएको भन्दै चाडो भन्दा चाँडो सरकारले सम्बोधन गर्नुपर्ने बताएकी हुन् । ‘डा. केसीको माग समग्र स्वास्थ्य र शिक्षा जगतका लागि हो । हाम्रो विद्यार्थीका लागि हो। केसीको आन्दोलन एक्लो होइन, हामी सबैको यसमा साथ छ,’ उनले भनिन् ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा ¥याली निकालिएको हो । मध्याह्न १२ बजे माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म निकालिएको ¥यालीमा चिकित्सक, कर्मचारी, विद्यार्थी, पेशाकर्मी, कलाकार र सर्वसाधारणको सहभागिता थियो ।
यस पटकको जनप्रदर्शनलाई घण्टी ¥यालीको नामसमेत दिइएको कार्यक्रममा निदाएको जस्तो अभिनय गर्ने सांसदहरुलाई घण्रुटीले झकझक्याउन घण्टी ¥याली निकालिएको आयोजकमध्येको ‘सोलिडारिटी फर प्रोफेसर डा. गोविन्द केसी अलायन्स’ का सह संयोजक डा. अभिषेक राज सिंहले बताए । संसद्मा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयक पास गर्न सांसदहरुको अग्रसरता नदेखिएकोप्रति लक्षित गर्दै घण्टीसहित प्रतीकात्मक विरोध प्रदर्शन गरिएको हो ।
संसद्मा पुगेको चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गर्दै ¥यालीमा ‘६०१ लाई भत्ता, चिकित्सा ऐन बेपत्ता’ लगायत नारा लगाइयो । ¥यालीमा डा. केसीको समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, नागरिक समाजका कृष्ण पहाडी, अभिनेता राजेश हमाल, अभिनेत्री केकी अधिकारी लगायतको सहभागिता थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »