दुई लाख घुससहित कर्मचारी पक्राउ

प्रकाशित समय 6:05:00 PM
झापा, २४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रू दुई लाख घुस रकमसहित जिल्ला जनस्वास्थ्य कार्यालय झापाका एक कर्मचारीलाई मंगलबार पक्राउ गरेका छन् । पक्राउ पर्नेमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन रामकुमार साह रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँ र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरी सुनसरीका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतको संयुक्त टोलीले स्वास्थ्य संस्था नवीकरणका लागि घुस लिँदै गर्दा उनलाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »